बीमा कम्पनीका लागि नयाँ निर्देशिका जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2023 | 01:36:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०८० जारी गरेको छ । बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी प्राधीकरणले यो निर्देशिका ल्याएको हो ।

प्राधिकरणले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणमा समेत लागू हुनेगरी निर्देशिका जारी गरेको हो । अब बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९–८० को आर्थिक विवरण सार्वजानिक गर्दा यही निर्देशनमा आधारित रहेर गर्नुपर्नेछ । 

प्राधीकरणको मातहतमा रहेका जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बिमा कम्पनी साथै लघुबिमाले समेत यही निर्देशिका बमोजिम वित्तिय विवरण तया गर्नुपर्नेछ । 

बीमा कम्पनीहरुले अब वित्तीय विवरणमा वित्तीय विवरण, नाफा घाटाको अवस्था,सेयर संरचना परिर्वतन, नगदप्रवाह विवरण, वितरणयोग्य मुनाफा जस्ता सूचकहरु समावेश गर्नुपर्नेछ । 

बीमकले लेखा राख्दा, वित्तीय विवरण तयार गर्दा तथा प्रकाशित गर्दा वा प्राधीकरणमा पेश गर्दा यही निर्देशन बमोजिम गर्नुपर्नेछ । अब बीमा कम्पनीले नेपाल बित्तीय प्रतिवेदन र लेखामान अनुरुप आफ्नो कारोबारको यथार्थ स्थिती स्पष्ट रुपमा देखिने गरी आफ्नो सम्पत्ति, दायित्व, इक्विटी, आम्दानी र खर्चको अभिलेख राख्नुपर्नेछ ।

कहिलेबाट लागू हुन्छ ?

यो निर्देशिका असोज २३ गते प्राधीकरणले स्वीकृत गरेको प्राधीकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । प्राधीकरणले स्वीकृत गरेको दिनदेखि नै लागू हुने व्यवस्था बमोजिम असोज २३ बाट नै यो निर्देशिका लागू भएको कार्यकारी निर्देशक पौडेल बताउँछन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved