जन्मदिनमा छोरालाई बीमा पोलिसी उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2023 | 08:30:31 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुर विशालचोक निवासी युवा व्यवसायी एवम मोडल राज श्रेष्ठले छोरा मार्भिन श्रेष्ठलाई जन्मदिनको उपलक्ष्यमा जीवन बीमा योजना उपहार दिएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड पाटन शाखाबाट सुनौलो किरण बीमा योजना उपहार स्वरुप प्रदान गरेका हुन् ।

जीवन किरण बीमा योजनामा बीमा शुल्क छुट सुविधा, अशक्तता सुविधा, मासिक आय सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको बीमा योजना उपहार दिएका हुन् । 

पछिल्ला दिनहरुमा जीवन बीमाको महत्व बुझेका अभिभावकहरुले आफ्ना सन्तानहरुको जन्मदिनमा जीवन बीमा योजना उपहार दिने प्रचलन बढ्दै गएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बागमती उप क्षेत्रीय प्रमुख मदन विष्टले जनाए । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स पाटन शाखा प्रमुख प्रकाश अधिकारीले अन्य जिन्सी वा खेलौना उपहार भन्दा जीवन बीमा उपहार दिँदा बच्चाको शिक्षा दीक्षा एवं उज्ज्वल भविष्य सुनिश्चित हुने बताए ।

पाटन शाखाका वरिष्ठ एजेन्सी म्यानेजर विजय कुमार राईको संयोजनमा जन्मोत्सवकै दिन बीमालेख हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बागमती उप क्षेत्रीय प्रमुख मदन विष्ट, पाटन शाखा प्रमुख प्रकाश अधिकारी, बीमा लिडर सहित पारिवारिक सदस्यहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved