आईआईएन र एफआरबिएलको संयुक्त आयोजनामा बीमा सम्बन्धि वेबिनार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2024 | 07:15:35 PM मा प्रकाशित

laxmi  sunrise bank

ईन्स्योरेन्स ईस्टिच्युट अफ नेपाल (आईआईएन) र फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबिएल) को संयुक्त संयोजनमा Transformative Resilience in Evolving Risk Landscapes विषयक वेबिनार सम्पन्न भएको छ । उक्त वेबिनार Cyber Insurance Parametric Modelling र Catastrophe Modelling मा आधारित रहेको थियो।

आईआईएनका अनुसार वेबिनारमा वर्ल्ड बैंक टटलमिन्ट ईन्स्योरेन्स ब्रोकिन सर्भिसेस तथा वेदर रिस्क म्यानेजमेन्ट सर्भिसेसका उच्च पदाधिकारीहरु प्यानलिस्टमा रहेका थिए भने एफआरबिएलका निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।  कार्यक्रम समापन नेपाल बीमा प्राधिकरणका निर्देशक तथा ईन्स्योरेन्स ईस्टिच्युट नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील देव सुवेदीले गरेका थिए। उक्त वेबिनारमा नेपालका पुनर्बीमा तथा निजिवन बीमा कम्पनीका पदाधिकारीहरु सहभागी भएका थिए ।

इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेड  नेपालको कम्पनी ऐन २०६३ अन्तर्गत विमा नियामक प्राधिकरण र नेपालका बीमाकर्ताहरूको संयुक्त लगानीमा २०६३ जनवरी २४ मा कम्पनी रजिस्ट्रारको कार्यालयसँग गाभिएको पब्लिक लिमिटेड कम्पनी हो । आईआईएन मुख्यतया बीमा कम्पनीहरू, वित्तीय संस्थाहरू र सर्वसाधारण जनताका कर्मचारीहरूका लागि बीमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सम्बन्धित छ भने अर्कोतर्फ, फेडेरल पब्लिक लिमिटेडको रुपमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र प्राप्त पुनर्बीमा दलाल कम्पनी हो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved