हिमालयन रिको प्रिमियम विवाद: उच्चको मुद्दा आज हेर्न नभ्याइने, सर्वोच्चमा अर्को साता सुनुवाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2024 | 04:45:31 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रिइन्स्योरेन्सको प्रिमियमको आईपीओको विषयमा उच्च अदालत पाटनमा दायर भएको रिट आज हेर्न नभ्याइनेमा परेको छ । आज उच्च अदालत पाटनमा यस मुद्दाको पेशी तोकिए पनि समय अभावको कारण हेर्न नभ्याईनेमा परेको हो ।

आज उच्च अदालत पाटनमा न्यायाधीशद्वय रमेश ढकाल र विदुर कोइरालाको इजलाशमा पेशी तोकिएको थियो । यो मुद्दा उक्त इजलाशको सातौ नम्बरमा तोकिएकोमा आज पाचौ नम्बरसम्मका मुद्दामा सुनुवाई भएको छ ।

उच्च अदालतमा हरि बहादुर केसीले रिट हालेका हुन् । रिटमा कम्पनीले कानुन विपरित प्रिमियममा आईपीओ निष्काशन गरेकोले प्रिमियम वापतको रकम फिर्ता गर्न माग गरिएको छ ।

यहि विषयको मुद्दा सर्वोच्च अदालतमा पनि दायर भएको छ । मङ्सिर ८ गते  यम प्रसाद भट्टराई र अधिवक्ता भीमसेन रायमाझीले संयुक्त रुपमा सर्वोच्चमा रिट दायर गरेका थिए।  सर्वोच्चमा दायर रिटमा भने आगामी माघ २९ गते सुनुवाई हुने गरि मिति तोकिएको छ । यस अघि सर्वोच्चले माघ १० गते सो मुद्दामा सनुवाई गर्दै पूर्ण सुनुवाईको निम्ति पेश गर्न आदेश दिएको थियो । अब माघ २९ गते  मुद्दा हेर्न भ्याईएमा सोहि दिनमा यस रिटमा अन्तिम आदेश आउँने सम्भावना रहेको छ । 

 दुवै रिटमा नेपाल धितोपत्र बोर्ड , नेपाल बीमा प्राधिकरण  र हिमालयन रिइन्स्योरेन्सलाई विपक्षी बनाईएको छ। नियम विपरित हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिइएको दाबी गर्दै उक्त आईपीओ रोक्न रिट निवेदनमा माग गरिएको थियो । तर अब भने आईपीओ निष्काशन भई, शेयर बाँडफाँड भएर दोस्रो बजारमा कम्पनीको नियमित कारोबार समेत भईरहेको छ । 

 हिमालयन रि–इन्स्योरेन्स निजि क्षेत्रको लगानीमा स्थापित पुनर्बीमा कम्पनी हो।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved