राष्ट्रिय जीवन बीमा कम्पनीले ६५ रुपैया बोनस दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2024 | 09:54:20 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जीवन बीमा कम्पनीले सबै किसिमका बीमालेखहरुमा समान बोनसदर तोकेको छ । कम्पनीले सबै किसिमका बीमालेखहरुमा प्रति वर्ष प्रति हजार बीमाङ्गमा ६५ रुपैया बोनस दर कायम गरेको जनाएको हो ।

यो बोनस आ.व. २०६७/६८ देखि आ.व. २०६९/७० सम्मको In force policies कायम रहेको बीमालेखहरुमा लागु हुने जनाइएको छ । उक्त अन्तर्गत १ लाख ६२ हजार ७२१ वटा बीमालेख रहेको कम्पनीले उल्लेख गरेको छ । 

कम्पनीले आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्गीय मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए अनुसार सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी बोनस दर कायम गरेको जनाएको छ । बोनस दर बीमाङ्गीय मूल्याङ्कनको आधारमा परिवर्तनशिल रहने कम्पनीले स्पष्ट पारेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved