अनुमति नलिई सर्भेयरको काम गर्नेलाई कारवाहीको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2024 | 06:27:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले इजाजतपत्र नलिई सर्भेयरको काम गर्ने र गराउनेलाई कारवाही गर्ने चेतावनी दिएको छ । संस्थागत सर्भेयरले इजाजत नभएका व्यक्तिहरुबाट समेत सर्भे सम्बन्धी कार्य गराई रहेको भन्ने गुनासोहरु आएको उल्लेख गर्दै प्राधिकरणले यस्तो कार्य गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको हो ।

बीमा ऐन, २०७९ को दफा ९० बमोजिम इजाजतपत्र नलिई कसैले पनि बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको रुपमा काम गर्न वा गराउन हुँदैन र दफा ९३ को उपदफा (५) बमोजिम बीमा सर्भेयरले बीमा सर्भेयरको इजाजतपत्र प्राप्त गरेको व्यक्तिलाई मात्र बीमा सर्भेको काममा लगाउनु पर्नेछ भन्ने व्यवस्था रहेको छ । 

उक्त प्रावधान अटेर गरी कसैले सर्भेयर सम्बन्धी कार्य गरे गराएको पाईएमा कानुन अनुसार कारवाही गर्ने प्राधिकरणले जनाएको छ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved