यी हुन् रिलायबल लाईफका ठूला लगानीकर्ता, सबैभन्दा धेरै शेयर ग्लोबल आईएमई बैंकको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2024 | 07:00:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९/८० को विवरण अनुसार रिलायबल नेपाल लाईफ इन्स्योरेन्समा एक प्रतिशत भन्दा बढी स्वामित्व रहेका शेयरधनीहरुको संख्या १४ रहेको छ । जसमध्ये सबैभन्दा धेरै शेयर  ग्लोबल आईएमई बैंकको शेयर रहेको छ । 

कम्पनीमा ग्लोबल आईएमई बैंकको १४.२९ प्रतिशत हिस्सा अर्थात् ४० लाख कित्ता शेयर छ । त्यसैगरी, कम्पनीमा ९.२९ प्रतिशत हिस्सा रहेका गौरव अग्रवालको  २६ लाख कित्ता शेयर रहेको छ भने ४.१४ प्रतिशत हिस्सा रहेका सुशील कुमार पन्तको ११ लाख ६० हजार कित्ता शेयर  रहेको छ । 

त्यसैगरी, डा. प्रकाश चन्द्र लोहनी र गुरु राज जोशिको समान ३.५७ प्रतिशत हिस्सा रहेको छ भने जनार्दन देव पन्तको २.८६ र पदम कुमार लोहनीको २.२९ प्रतिशत हिस्सा रहेको कम्पनीले उल्लेख गरेको छ । 

यस्तै,  सन्दिप खेतान र जुली चाचनको समान १.७९ प्रतिशत, प्रकाश घिमिरेको १.७५ प्रतिशत, जुनि गुरुङ र प्रेम प्रभात गुरुङको समान १.४३ प्रतिशत र हरिभक्त शर्माको १.२५ प्रतिशत स्वामित्व रहेको छ । यसैगरी, राधेश्याम अग्रवालको १.०७ प्रतिशत हिस्सा रहेको कम्पनीले उल्लेख गरको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved