नेपाल बीमा प्राधिकरणले माग्यो १६ जना कर्मचारी, कति चाहिन्छ योग्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2024 | 08:42:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले १६ जना जनशक्ति माग गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै प्रशासन र कानुन तर्फ सहायक निर्देशक र सहायक प्रथम गरि कुल १६ जना जनशक्ति माग गरेको हो।

प्राधिकरणले प्रशासनतर्फ अधिकृत तृतीय श्रेणीमा १० जना, कानुन तर्फ अधिकृत तृतीय श्रेणीमा २ जना, प्रशासनतर्फको सूचना प्रविधि अन्तर्गत अधिकृत तृतीयमा १ जना र प्रशासनतर्फको सहायक प्रथममा ३ जना गरि कुल १६ जना जनशक्ति माग गरेको हो ।

प्राधिकरणले इच्छुक तथा योग्य नेपाली नागरिकलाई फागुन २६ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत्र ३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।

प्राधिकरणका अनुसार अधिकृत तृतीय श्रेणीका पदका लागि दरखास्त पेस गर्ने अन्तिम मितिसम्म २१ वर्ष पूरा भएको र ३५ वर्ष उमेर ननाघेको साथै महिला उम्मेदवारको हकमा ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ । त्यस्तै सहायक प्रथम पदका लागि दरखास्त पेस गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भएको र ३५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ साथै महिला उम्मेदवारको हकमा ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ।  बीमा प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन । https://vacancy.nia.gov.np मार्फत अनलाइन आवेदन दिनु पर्ने छ ।

के चाहिन्छ योग्यता ?

(क) अधिकृत तृतीय श्रेणी, प्रशासन समूह, सहायक निर्देशक पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको ।

(ख) अधिकृत तृतीय श्रेणी, कानून समूह, सहायक निर्देशक पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट कानून विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेको ।

(ग) अधिकृत तृतीय श्रेणी, प्रशासन समूह, सहायक निर्देशक (सूचना प्रविधि) पदका लागि ः मान्यता प्राप्त शिक्षण संस्थाबाट Master of Computer Application (MCA), Master of Science in Computer Science and Information Technology (M.SC.CSIT), Master of Technology (M.Tech) in Computer, Master of Engineering in Computer Engineering (M.E.C.E), Master of Science in Information System Engineering (M.Sc.ISE), Master of Information and Communication Engineering (M.I.C.E), Master Degree in Information Technology (IT) वा सूचना प्रविधि सम्बन्धी विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेको,

(घ) सहायक स्तर प्रथम श्रेणी, प्रशासन समूह, सहायक प्रथम पदका लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तहको उपाधि प्राप्त गरेको । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved