एलआईसी नेपालका सीईओ भन्छन्, ‘अभिकर्ताले मासिक ३ लाख कमाउनुपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2024 | 10:36:58 AM मा प्रकाशित

laxmi  sunrise bank

लाईफ ईन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल)का प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले बीमा अभिकर्ताले मासिक ३ लाख रुपैयाँ कमाउनुपर्ने बताएका छन् । नेपालमा महँगी रहेकाले ‘सर्भाइभ’ हुन अभिकर्ताले मासिक ३ लाख रुपैयाँ आम्दानी गर्नुपर्ने बताएका हुन् ।

पेशागत बीमा अभिकर्ता संघ (एलआईसी नेपाल)को अधिवेशनका क्रममा मन्तव्य राख्दै उनले नेपालमा अत्याधिक महँगी रहेकाले बीमा अभिकर्ताहरुले महिनामा कम्तिमा पनि ३ लाख रुपैयाँ कमाउनुपर्ने र मासिक ३ लाख आम्दानी गर्न नसक्नेका लागि परिवार पाल्न मुस्किल हुने अवस्था रहेको बताएका हुन् । 

‘नेपालमे महँगी धेरै छ, हरेक अभिकर्तालाई कम्सेकम महिनामा ३ लाख रुपैयाँ कमिशन चाहिन्छ’ उनले भने, ‘यदि, यसले यो भन्दा कम आम्दानी गर्छ भने उसले आफ्नो परिवार पाल्न थप संघर्ष गर्नुपर्ने हुन्छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved