यी हुन् एनएलजी ईन्स्योरेन्सका ठूला शेयरधनी, नेशनल लाईफको ५० प्रतिशत हिस्सा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2024 | 06:25:30 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार एनएलजी ईन्स्योरेन्स कम्पनीमा एक प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व हुने लगानीकर्ताको संख्या ४ रहेको छ। जसमध्ये २ संस्थागत र २  व्यक्तिगत लगानीकर्ता रहेका छन् । 

कम्पनीमा सबैभन्दा धेरै स्वामित्व नेशनल लाईफ ईन्स्योरेन्सको रहेको छ। कम्पनीमा नेशनल लाईफको ५० प्रतिशत स्वामित्व रहेको छ । त्यसैगरी, सिद्देश्वर कुमार सिंहको २.३६ प्रतिशत स्वामित्व रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको २ प्रतिशत स्वामित्व रहेको छ । 

यसैगरी रण बहादूर शाहको १.३८ प्रतिशत शेयर स्वामित्व रहेको छ । तेजस्वी राजेस्वरी राणाले कम्पनीको सबै शेयर बेचेकी छिन् । आर्थिक वर्ष २०७८/७९ मा उनको यो कम्पनीमा १.१२ प्रतिशत स्वामित्व थियो । हाल उनको स्वामित्व शुन्य रहेको छ । 

यस्तै, सिंहले  पनि स्वामित्व केहि हदसम्म घटाएका छन् । अघिल्लो आवमा उनको स्वामित्व २.५५ प्रतिशत थियो । २०७९/०८० मा उनले ०.१९ प्रतिशत स्वामित्व घटाएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved