यी हुन् यूनाईटेड अजोडका ठूला लगानीकर्ता, सबैभन्दा धेरै चौधरी ग्रुपको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2024 | 06:28:58 PM मा प्रकाशित

laxmi  sunrise bank

यूनाईटेड अजोड ईन्स्योरेन्समा एक वा सो भन्दा बढी लगानी हुनेहरुको संख्या १३ रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीमा भएका ठूला लगानीकर्ता मध्ये ७ जना व्यक्तिगत र ६ वटा संस्थागत रहेका छन् । 

कम्पनीमा सबैभन्दा धेरै हिस्सा चौधरी ग्रुपको रहेको छ । चौधरी ग्रुपको एनएलजीमा ९.०४ प्रतिशत शेयर हिस्सा रहेको छ । त्यसैगरी, आईजे ग्रुपको ६.९१ प्रतिशत र रवि भक्त श्रेष्ठको ५.५९ प्रतिशत स्वामित्व रहेको छ । 

यस्तै, डिपार्टमेन्ट स्टोरको ३.४६, सिजि फुड्सको ३.२८, कल्याण गुरुङको ३.०३, राष्ट्रिय वाणिज्य बैंकको २.८३, मिन बहादूर गुरुङ र कामना गुरुङको समान १.५२ र शशि कान्त अग्रवालको १.२९ प्रतिशत शेयर हिस्सा रहेको छ । 

यस्तै, प्रभु बैंकको १.३०, अम्बिका प्रसाद पौडेलको १.१७ र प्रिथि तिवारीको १.०८ प्रतिशत स्वामित्व रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved