बीमा दाबीका लागि कागजात पेश गर्न नेको इन्स्योरेन्सको अनुरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2024 | 06:54:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेको इन्स्योरेन्सले बीमा दाबीका लागि कागजात पेश गर्न बीमितलाई आग्रह गरेको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै बीमादाबी सम्बन्धी कागजात पेश गरी तत्काल दाबी लिन अनुरोध गरेको हो ।

सूचना मार्फत अन्तिम दाबी फछ्र्यौटका लागि माग गरेका तर बुझाउँन बाँकी भएकालाई बीमादाबी सम्बन्धी आवश्यक कागजातहरु पेश गर्न कम्पनीले भनेको छ । कम्पनीका अनुसार सूचना प्रकाशित मितिले ३५ दिनसम्म पनि कागजातहरु प्राप्त नभएमा उक्त दाबी फाईलहरु बन्द हुनेछ । 

कम्पनीले जारी गरेको सूचनामा भनिएको छ 'यस नेको इन्सुरेन्स लिमिटेडबाट जारी भएका बीमालेख अन्तर्गत पर्न आएका बीमादाबी सम्बन्धमा क्षति मुल्याङ्गनका लागि बुझाउँन बाँकी आवश्यक कागजातहरु सम्बन्धित सर्भेयरलाई वा कम्पनीमा अन्तिम दाबी फछ्र्यौटका लागि माग गरेका तर बुझाउँन बाँकी भएका बीमादाबी सम्बन्धी आवश्यक कागजातहरु यस कम्पनीको केन्द्रीय कार्यालय वा शाखा कार्यालयमा सूचना प्रकाशित मितिले ३५ दिन भित्र बुझाई बीमादाबी फछ्यौट समयमा नै गरी लिनुहुनका लागि सम्बन्धित बीमित वा बीमा दाबीकर्ताहरुलाई हार्दिक अनुरोध गर्दछौं । यो सूचना प्रकाशित मितिले ३५ दिनसम्म पनि कागजातहरु प्राप्त नभएमा उक्त दाबी फाईलहरु बन्द गरिने जानकारी गराउँदछौं ।'  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved