युनाइटेड अजोड इन्स्योरेन्समा ५ सञ्चालक निर्विरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2024 | 08:36:50 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड अजोड ईन्स्योरेन्समा ५ सञ्चालक निर्विरोध चयन हुने भएका छन् । कम्पनीले ५ सञ्चालक चयनको लागि उमेद्वारी दर्ता गर्न आह्वान गरेकोमा ५ जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध हुने भएका हुन् । 

कम्पनीले  समूह “क” का संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालक पद ३ जना तथा समूह "ख" का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालक पद २ जनाको निर्वाचन गर्ने तालिका प्रकाशन गरेको थियो । जसमा संस्थापक तर्फबाट ३ जना र सर्वसाधारण तर्फबाट २ जनाको मात्र उम्मेदवारी परेको हो । 

संस्थापकतर्फहाल अध्यक्ष रहेका आजाद श्रेष्ठ र हालका सञ्चालक द्वय प्रणव कुमार दास र बलराम खनालले उम्मेदवारी दिएका हुन् । दासले सिजी फुड्स र खनालले चौधरी ग्रुपको तर्फबाट उम्मेदवारी दिएका हुन् ।  सर्वसाधारण तर्फ पानुदत्त पौडेल र शंभु अधिकारीले उम्मेदवारी दिएका छन् । पानुदत्त हाल पनि संचालक छन् भने अधिकारी नयाँ अनुहार हुन् । 

आइतबार हुने कम्पनीको वार्षिक साधारण सभाले उनीहरुलाई संचालक चयन गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved