हाइड्रोको बीमा नाफाको लागि होइन, राष्ट्रियताको विषय हो : उपाध्यक्ष वैदवार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2024 | 06:15:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमक संघका उपाध्यक्ष विरेन्द्र वैदवारले हाइड्रो परियोजनाको बीमा नाफाको लागि नगरिने बताएका छन्। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान र पुनर्बीमा ब्रोकर कम्पनी 'एवान इन्स्योरेन्स ब्रोकर्स' को आयोजनामा आज आयोजित जलविद्युत बीमा 'नीति र दृष्टिकोण ' विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् 

कार्यक्रममा बोल्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका वैदवारले हाइड्रोको बीमा नाफासँग नभई राष्ट्रियतासँग जोडिएको बताए।

उनले भने 'नेपालका हाइड्रोको बीमा गरेर नाफा कमाउने पक्षमा नेपालका निर्जीवन बीमा कम्पनी छैनन्, राज्यले नै हाइड्रो प्रबर्दन गरेकोले हामीहरुको लागि हाइड्रोको बीमा राष्ट्रियताको विषय हो, नाफा मुलक होइन'।

पुनर्बीमाको कानुनी कारणले नेपालका हाइड्रो व्यवसायीले मागेको नन् ट्यारिफ लागु गर्न अहिलेलाई सहज नभएको समेत उनले स्पष्ट पारे । अरु बीमा जस्तो बोलकबोलमा गर्दा हाइड्रो परियोजनाको नै बीमा नहुने अवस्था भएकोले नन् ट्यारिफ गर्नु पर्ने अवस्था आएको उनले बताए । 

नेपालका कम्पनीले ट्यारिफको नाममा सस्तोमा बीमा गर्दा पुनर्बीमा नहुने अवस्था आउँदा परियोजना कै बीमा नहुने अवस्था आउन सक्ने उनले चेतावनी दिए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved