हिमालयन रिले पेश गर्यो पुँजी वृद्धि योजना, नेपाल पुनर्बीमाले माग्यो थप समय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2024 | 06:08:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणको निर्देशनपछि हिमालयन रिईन्स्योरेन्सले पुँजी वृद्धि योजना पेश गरेको छ। नेपाल पुनर्बीमा कम्पनीले हने पुँजी वृद्धि योजना पेश गर्नको लागि थप समय माग गरेको छ ।

बीमा प्राधिकरणले माघ १७ गते दुई वटै पुनर्बीमा कम्पनीको चुक्ता पुँजी २० अर्ब कायम गर्ने निर्णय गरि २० अर्ब पुँजी पुर्याउनको लागि पुँजी वृद्धि योजना पेश गर्न निर्देशन दिएको थियो ।

सोहि अनुसार हिमालयन रिइन्स्योरेन्सले   चुक्ता पुँजी वृद्धि पुर्याउने योजना पेश गरेको र नेपाल पुनर्बीमा कम्पनीले थप १५ दिनको समय माग गरेको प्राधिकरणको कानून शाखाका प्रमुख शाम्भराज लामिछानेले बिजपाटीलाई जानकारी दिए। जस अनुसार हिमालयनले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट ४ प्रतिशत बोनस जारी गर्ने, ८० प्रतिशत हकप्रद जारी  गर्ने र बाँकी अपुग पुँजी चालु वर्षको नाफाबाट बोनश शेयर वितरण गरेर पुर्याउने योजना प्राधिकरणमा पेश गरेको छ ।  

हाल हिमालयन रिइन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रहेको छ । हाल घोषणा गरिएको ४ प्रतिशत बोनस शेयर, र ८० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी १८ अर्ब ७२ करोड पुग्छ ।  बाँकि रहेको  १ अर्ब २८ करोड कम्पनीले २०८०/०८१ को मुनाफाबाट बोनस शेयर दिएर पुँजी पुर्याउने कम्पनीले उल्लेख गरेको छ । 

 नेपाल पुनर्बीमा कम्पनीले भने  निर्णय लिन थप समय लाग्ने भन्दै १५ दिन समय मागेको छ । कम्पनीलाई थप १५ दिन समय दिइएको उपनिर्देशक लामिछानेले जानकारी दिए ।

हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड छ। कम्पनीलाई २० अर्ब पुँजी पुर्याउन थप ७ अर्ब १९ करोड पुँजी आवश्यक पर्छ। कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट लाभांश घोषणा गर्न बाँकि छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved