सिटिजन लाइफको एमडीआरटी कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2024 | 10:41:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी सम्पन्न भएको छ । पोखराको ल्याण्डमार्क होटलमा एमडीआरटी २०२४ कार्यक्रम सम्मन्न भएको हो । 

कम्पनीका अनुसार कार्यक्रममा ७० भन्दा बढी सक्रिय सिटिजन लिडरहरुले उपस्थिति जनाएका थिए । यस कार्यक्रमका मुख्य वक्ता डा. योगी विकासानन्दा थिए । मनोक्रान्ति संस्थाका संस्थापक समेत रहेका विकासानन्दले “संसार परिवर्तन गर्नुछ भने पहिले आपूmलाई परिवर्तन गनुपर्छ” भन्ने प्रसँग जोडदै, आफ्नो कार्यमा सफल हुनका लागि सकारात्मक सोच लिएर अगाडी बद्नु पर्ने धारणा व्यक्त गरे । 

यस्तै कम्पनीका ब्रान्ड एम्बेसेडर; मह जोडी मदन कृष्ण श्रेष्ठ र हरिवशं आचार्यले सिटिजन परिवार भित्र राम्रो र प्रेरणात्मक वातावरण  भएको उल्लेख गर्दै कर्मचारीहरुले एक अर्कलाई समाजको उन्नति र आफ्नो कार्य प्रती सकारात्मक सोच राख्नका लागि प्रोत्साहन गर्दै आएको देखेका बाताए । 

सो कार्यक्रममा, १९ जना एम्।डीआरटी क्वालिफायर र १ जना सिओटि क्वालिफायरलाई पुरस्कार सहित सम्मानित गरेको जनाइएको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले नवीनताको अधारमा सिटिजन लाईफ अघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरहरुको मुख्य भूमिका रहेको बताए । यस्तै उनले कम्पनीको सबै भन्दा ठुलो शक्ती, कर्मचारीहरुको नैतिकता रहेकोले भविष्यमा पनि आफ्नो नैतिकतालाई प्रथम प्राथमिकता दिने दिनुपर्ने धारणा राखे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved