यी हुन् हिमालयन रिइन्स्योरेन्सका ठूला लगानीकर्ता, सबैभन्दा धेरै हिस्सा एम्बरको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2024 | 08:24:18 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रि ईन्स्योरेन्समा १ वा सोभन्दा बढी प्रतिशत शेयर लगानी गर्नेहरुको संख्या ३० रहेको छ । आर्थिक वर्ष २०७९/८० को विवरण अनुसार कम्पनीका ३० ठूला लगानीकर्ता मध्ये ८ जना व्यक्तिगत र बाँकी २२ संस्थागत लगानीकर्ता रहेका छन् । 

यस अवधिमा कम्पनीमा सबैभन्दा धेरै लगानी एम्बर प्रोभेष्टमेन्टको रहेको छ । एम्बरको ९.६९ प्रतिशत शेयर हिस्सा रहेको छ । यसैगरी, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको समान ७.१४ प्रतिशत स्वामित्व रहदाँ ईन्फिनिटि होल्डङ्सको ६.४३ प्रतिशते शेयर स्वामित्व हेको छ । यस्तै, जगदम्बा मोटर्सको ४.५७ प्रतिशत र जगदम्बा स्टिल्स र विकास दुगडको समान ३.१४ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

त्यसैगरी, हन्सराज हुलासचन्द र सफ्रोन सीके ईन्भेष्टमेन्टको समान २.८६ प्रतिशत, आर एमसी कन्स्ट्रक्सन एण्ड इनभेष्टमेन्ट र सशिकान्त अग्रवालको समान २.१४ प्रतिशत शेयर हिस्सा रहेको छ । 

गत आर्थिक वर्षमा गणपति वनस्पतिले कम्पनीमा रहेको आफ्नो ३.२१ प्रतिशत शेयर सबै विक्री गरेर स्वामित्व शुन्य बनाएको छ । 

कम्पनीमा कसको कति लगानी ? 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved