६ महिना मै बीमा कम्पनीहरु विरुद्द ११४ वटा उजुरी दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2024 | 08:52:14 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा कम्पनीहरु विरुद्ध उजुरी बढ्दो क्रममा रहेको पाईएको छ । नेपाल बीमा प्राधिकरणमा कम्पनीहरुको विरुद्धमा परेको उजुरी बढ्न थालेपछि फर्स्योट हुन बाँकी उजुरीको संख्यामा पनि उल्लेख्य वृद्धि हुन थालेको छ । 

प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा मात्र कम्पनीहरु विरुद्ध ११३ वटा उजुरी परेको छ। अघिल्लो वर्ष कै १५५ वटा उजुरी फर्स्योट हुन बाँकि रहेकोले नयाँ थपिएकासहित प्राधिकरणले फर्स्योट गर्नु पर्ने उजुरीको संख्या बढेर २३१ पुगेको छ । प्राधिकरणले गत वर्ष कै १९२ वटा उजुरी फर्स्योट गर्न बाँकि थियो। ति ती मध्ये प्राधिकरणले ७३ वटा उजुरी फर्स्योट गर्न बाँकि छ । 

विगतका वर्षहरुको तुलनामा यस वर्ष बढी उजुरी परेपछि फर्स्योट हुन बाँकी उजुरी धेरै भएको प्राधिकरणका कर्मचारीहरुले बताएका छन् । विगतमा एक वर्षमा पर्ने उजुरी यस पटक ६ महिनामा नै परेको तथ्यांक प्राधिकरणको छ । 

प्राधिकरणको तथ्यांक अनुसार २०७५/०७६ मा एक वर्षमा जम्मा १०० वटा उजुरी परेको थियो। त्यसैगरी, ०७६/०७७ मा १२६, ०७७/०७८ मा १३७, ०७८/०७९ र ०७९/०८० मा समान १५५ वटा उजुरी परेका थिए । तर, यस वर्षको ६ महिनामा नै ११३ वटा उजुरी परेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved