निर्जीवन बीमा कम्पनीको व्यवसाय घट्यो, कुनले कति बीमाशुल्क आर्जन गरे ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2024 | 03:42:38 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को माघ मसान्तसम्म निर्जीवन बीमा कम्पनीको व्यवसाय घटेको छ । गत वर्षको सोहि अवधिको तुलनामा निर्जीवन बीमा कम्पनीहरुले संकलन गर्ने कुल बीमाशुल्क घटेको हो । 

गत आवको माघ मसान्तसम्म निर्जीवन बीमक कम्पनीहरुले कुल २३ अर्ब ६ करोड २९ लाख रुपैयाँ संकलन गरेका थियो । यस्तो शुल्क संकलन चालु आवको सोहि अवधिमा २.९० प्रतिशतले घटेर २२ अर्ब ४९ करोड २२ लाख रुपैयाँमा झरेको छ । 

यो अवधिमा १४ निर्जीवन कम्पनीमध्ये शिखर ईन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गरेको छ । शिखरले ७ महिनामा २ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । त्यसैगरी, सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी (सलिको) ले २ अर्ब ६७ करोड २१ लाख र सिद्दार्थ प्रिमियरले २ अर्ब २६ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

यस्तै, आईजीआई प्रुडेन्सियलले १ अर्ब ९३ करोड ९५ लाख, हिमालयन एभरेष्टले १ अर्ब ८६ करोड ८७ लाख र नेकोले १ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । 

७ महिनामा निर्जीवन बीमक कम्पनीहरुले १६ लाख ७१ हजार १०६ वटा बीमा पोलिसि बेचेका छन् । जसमध्ये २ लाख ५० हजार ३० वटा पोलिसि माघ महिनमा मात्रै बेचेका हुन् । 

कुन कम्पनीले कति शुल्क संकलन गरे :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved