राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा कमान सिंह थापा मगर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2024 | 05:50:34 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा कमान सिंह थापा मगर चयन भएका छन् । अर्थ मन्त्रालयको तर्फबाट मगर सोमबार कम्पनीको सञ्चालकमा चयन भएका हुन् । उनले कम्पनीका अध्यक्ष दिनेश उपाध्याय समक्ष सोमबार नै शपथ ग्रहण गरेका छन् । 

उनी अर्थ मन्त्रालयको उपसचिव समेत हुन् ।  उनी गत सातामात्रै गृह मन्त्रालयबाट सरुवा भएर अर्थ मन्त्रालयमा आएका हुन् । उनी मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव छन् । 

शंकर पाठक अर्थबाट खेलकुद मन्त्रालयमा सरुवा भएसँगै मगरलाई अर्थमा ल्याइएको हो । यसअघि कम्पनीको सञ्चालकमा पाठक थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved