राष्ट्रिय बीमा कम्पनीद्वारा कृषि बीमा अभिकर्ताको तालिम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2024 | 06:39:45 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शाखा कार्यालय बिर्तामोडले अभिकर्ता तालिम सम्पन्न गरेको छ। शाखाले फाल्गुन २९ देखि चैत्र १ गतेसम्म झापाको बिर्तामोड स्थित सेन्टर पोइन्ट होटलमा तिन दिने कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता तालिम कनकाइ नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो। 

कम्पनीका अनुसार सो तालिम कार्यक्रम कम्पनीका विभागीय प्रमुखहरु देवराज धिमिरे, निरञ्जन आचार्य तथा नायव ब्यवस्थापकहरु दिपकराज पाण्डे, गोमा अर्याल र बिर्तामोड शाखा प्रमुख खगेन्द्र तिम्सिनाको प्रशिक्षणमा सम्पन्न भएको हो ।

बीमा प्राधिकरणबाट जारी कृषि, पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ बमोजिम कम्पनीले तोकिएको पाठ्यक्रममा आधारित रहि बीमा अभिकर्ता तालिम तथा परिक्षा सम्पन्न गरेको हो। उक्त तालिमपश्चात परिक्षा दिइ २७ जना सहभागीहरु कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको इजाजत लिन योग्य भएका छन् । 

तालिममा झापा जिल्लाका कनकाइ नगरपालिका, भद्रपुर नगरपालिका, कमल गाँउपालिकाका कृषि तथा पशु शाखामा कार्यरत प्राविधिक कर्मचारीहरु लगायत इलाम, पाँचथर,सङ्खुवा सभाबाट पनि कृषि तथा पशु प्राबिधिकहरुको उत्सहाजनक सहभागिता रहेको थियो। यसबाट बीमा प्राधिकरणले निर्देश गरेबमोजिम कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा वृद्धि भई ग्राहकले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved