बीमामा सम्पति सुद्धिकरण रोक्न तात्यो प्राधिकरण, शंकास्पद बीमितको पहिचान गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2024 | 08:25:36 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा सम्पति शुद्दिकरण हुन नदिनलाई कसिलो नीति लिएको छ। कसिलो नीतिअनुसार नै बुधबार प्राधिकरणले बीमा कम्पनीहरुलाई शंकास्पद बिमितको पहिचान गर्नलाई निर्देशन दिएको हो।  

बीमा क्षेत्रबाट हुन सक्ने सम्पति शुद्दिकरण र वित्तिय अपराधका घटनालाई नियन्त्रण गर्नलाई प्राधिकरणले यस्तो निर्देशन दिएको प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बताए। 

"बीमा क्षेत्र पनि सम्पति शुद्दिकरणको लागि प्रयोग गरिएको भन्ने शंका छ तर यस क्षेत्रममा सम्पती शुद्दिकरण निवारण सम्बन्धी ऐन लागू भएपनि पर्याप्तमात्रामा प्रभाव छैन" अध्यक्ष सिलवालले भने, "त्यहि भएर बृहत ग्राहक पहिचान बनाउन निर्देशन दिएका छौँ।"

जोखिमयुक्त ग्राहकको रुपमा परिभाषित गर्दै यस्तो पहिचान गर्ने प्रणालीलाई बृहत ग्राहक पहिचान (इडीडि) भनिएको छ । निर्देशनअनुसार बीमा कम्पनीले ग्राहक अर्थात् बिमितको बीमांक रकम, आम्दानी, कार्यक्षेत्र लगायतका आधारमा इडीडि तयार गर्नुपर्छ, केवाईसी मात्र भरेर हुँदैन। 

अन्य देशमा जस्तै नेपालमा पनि बीमा क्षेत्रलाई सम्पती शुद्दिकरणको लागि प्रयोग गरिएको आशंका गरिदै आएको छ। बिभिन्न कालखण्डमा बाहिर आएका घटनालाई हेर्दा पनि बीमा क्षेत्रलाई सम्पती शुद्दिकरणको लागि प्रयोग गरिएको भन्ने आशंका र आरोपमा सत्यता देखिन्छ। 

प्राधिकरणले यसअघि पनि 'सम्पति शुद्दिकरण निवारणसम्बन्धि निर्देशिका २०७५ ' जारी गरेर कम्पनीहरुलाई सम्पती शुद्दिकरण न्यूनीकरणमा काम गर्न निर्देशन दिएको थियो। जस कारण प्राधिकरणले अहिले आएर फेरि कम्पनीहरुलाई सम्पती शुद्दिकरण निवारणसम्बन्धि बिषयमा जोखिम मुल्यांकन प्रतिवेदन अध्यावधिक गर्नलाई निर्देशन समेत दिएको छ। 

जोखिम मुल्यांकन गर्दा बिमितको बीमांक रकम, आम्दानी यकिन हुने आधिकारिक कागजात, कार्यक्षेत्र, स्वास्थ्य परिक्षण प्रतिवेदन, पूर्ण रुपमा भरिएको प्रस्ताव फाराम, अभिकर्ताको नैतिक जोखिम प्रतिवेदन लगायतका कागजात अनिवार्य रुपमा संलग्न गर्नुपर्ने निर्देशनमा उल्लेख छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved