एक्चुअरी फिलिप ज्याक्शनको उपस्थितिमा नेपाल लाइफद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2024 | 08:28:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको होटल एम्बेसडरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जीवन बीमाका समसामयिक विषय उपर छलफल गर्ने अभिप्रायका साथ कम्पनीले सो कार्यक्रम आयोजना गरेको हो । 

विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको समुपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आथित्यता सम्पन्न उक्त कार्यक्रममा प्राधिकरणका उच्च पदस्थ कर्मचारीहरू, जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल लाइफ इन्सुरेन्सका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका साथ कार्यक्रम आयोजना गरिएको कुरा बताए । यस किसिमको विचार मन्थन गर्ने परिपाटीको विकासले नेपाली बीमा बजारमा क्रियाशील रहेकाहरुलाई अन्तरास्ट्रिय स्तरमा भईरहेका विकाशक्रम तथा असल अभ्यासहरु सँग चिरपरिचित हुन सहज हुने बताए । 

कार्यक्रमका प्रमुख अथिति तथा प्राधिकरणका अध्यक्ष सिलवालले आयोजनका निम्ति कम्पनीलाई धन्यवाद ज्ञापन गरे । उनले अहिले बदलिदो परिवेशमा बीमा बजारको सुधारका निम्ति नियामकको रूपमा विभिन्न पहलकदमीहरु चालिरहेको कुरा बताए । 

फ्युचर बोनस प्रोभिजनिङ तथा त्यसका आयामहरूको बारेमा समेत उनले प्रकाश पारे । 

यसैगरी ज्याक्शनले नेपालमा कार्यान्वयन गर्न लागिएको रिस्क बेस्ड क्यापिटलमा आफ्नो विचारहरु प्रकट गरे र उनले अरु मुलुकमा यसको कार्यान्वयनमा रहेको सहजता र जटिलताको बारेमा प्रकाश पार्दै नेपालमा सहज तरिकाले यसलाई कार्यान्वयन गर्न के कस्तो रणनीति अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा पनि आफ्नो सारगर्भित सल्लाहहरु दिए ।

कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उपस्थितिका निम्ति सबैलाई धन्यवाद ज्ञापन गर्दै यस किसिमको आयोजनले बीमा क्षेत्रलाई दिशानिर्देश गर्न सहज हुने कुरा बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved