चार देशमा शाखा विस्तार गर्दै हिमालयन रि, भारतबाट मात्रै १० अर्ब भित्र्याउने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 05:57:16 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले बहुप्रतिष्ठित रेटिङ एजेन्सी 'एम बेस्ट' बाट हालै मात्र प्राप्त गरेको 'बि प्लस' रेटिङको मद्दतमा विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर भएको छ। सोका लागि भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा विस्तार गर्ने प्रकृया अगाडि बढाइरहेको कम्पनीले जनाएको  छ। 

यी देशहरुमा शाखा विस्तार गर्न सकेमा कम्पनीलाई युरोप, मध्य पूर्व, दक्षिण पूर्व, अफ्रिका तथा अष्ट्रेलिया जस्ता प्रान्तहरुबाट पुनर्बीमा व्यवसाय भित्र्याउन मार्ग प्रशस्त हुने कम्पनीको बिश्वास छ। 

केही महिना अघिमात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न आवश्यक 'एफआरएन नम्बर' प्राप्त गरेको कम्पनीले भारतमा शाखा विस्तार गरेसँगै केही वर्ष भित्रै त्यहाँबाट दश अर्ब रुपैयाँ बराबरको पुनर्बीमा व्यवसाय भित्र्याउन सफल हुने अपेक्षा कम्पनीले लिएको छ।

कम्पनीेको हालै सम्पन्न तेश्रो वार्षिक साधारण सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेसँगै कम्पनीको जोखिम वहन गरेको क्षमता समेत बढेर गएकाले विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन थप टेवा पुग्ने देखिएको छ। 

 अपेक्षा अनुसार विदेशबाट पुनर्बीमा व्यवसाय आर्जन गर्न सकेमा देशको लागि अमूल्य विदेशी विनियम भित्र्याउन सफल मात्र नभई 'नेपाललाई विश्वसामु लैजाने'  “Taking Nepal to the world” भन्ने नाराको अविभारा पुरा हुने कम्पनीको बिश्वास छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved