ट्रष्ट माइक्रो इन्स्योरेन्सको कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2024 | 10:45:07 AM मा प्रकाशित

laxmi  sunrise bank

ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले व्यवसाय सुरु गरेको छ । चैत ९ गते शुक्रबार कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गरेको हो । 

लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले कम्पनीको व्यावसायिक कारोबारको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रदेश सांसद गिरीले आर्थिक समृद्धीका लागि मुलुकमा रोजगारी सिर्जना गर्नुपर्ने उल्लेख गरे । उनले कृषि क्षेत्रलाइ अगाडी बढाउन सकेमा सहजै समृद्धीको सपना पूरा हुने दाबी गरे । गिरीले मुलुक बनाउन राजनीतिक दलको सहि भुमिका नभएको स्वीकार्दै मुलुकमा स्थिरता जरूरी रहेको उल्लेख गरे ।

कार्यक्रममा कम्पनीका अध्यक्ष जगत पोखरेलले चुक्तापूँजी ७५ करोड रुपैयाँ रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले निर्जीवन बीमाको पहुँच बृद्धिमा अग्रसर भएर काम गर्ने बताए । अध्यक्ष पोखरेलले बीमा कम्पनीलाइ मुलुकै एक नम्बर बनाउने गरि काम गर्ने दाबी गरे । उनले स्थानीय सरकार र प्रदेश हुँदै संघीय सरकारसँग समन्वय गरेर रूपन्देहीलाई आर्थिक हब बनाउन चाहेको बताए । 

आफुहरुले आँटका साथ गरेको कामलाइ सकारात्मक रुपमा सहयोग र प्रमोसन गरिदिन समेत आग्रह गरे । उनले ग्राहकमैत्री बीमा सेवा प्रदान गरी विश्वासनीय ढंगले काम गर्ने बताए ।

कम्पनीका अनुसार शुभारम्भकै दिनामा २ जनाले बीमालेख खरिद गरेका छन् । कार्यक्रममा कम्पनीका कर्मचारीहरु, नेपाल बीमा प्राधिकरण उच्च पदस्थ कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved