८ महिनामा जीवन बीमा कम्पनीले गरे १ खर्बको ब्यापार, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2024 | 03:44:09 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ८ महिनामा जीवन बीमा कम्पनीहरुले करिब १ खर्ब रुपैयाँ बराबरको ब्यापार गरेका छन् । १४ वटा जीवन बीमकले चालु आवको फागुन मसान्तसम्म ९८ अर्ब ५९ करोड ६ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका छन् । 

जसमध्ये नेपाल लाईफ ईन्स्योरेन्सले सबैभन्दा धेरै ब्यापार गरेको छ । नेपाल लाईफले पछिल्लो ८ महिनामा २६ अर्ब ३० करोड रुपैयाँ  कुल बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी, लाईफ ईन्स्योरेन्स कर्पाेरेशन नेपालले ११ अर्ब ५७ करोड कुन बीमाशुल्क संकलन गर्दा नेशनल लाईफले ११ अर्ब ५६ करोड रुपैयाँ संकलन गरेको छ । 

यसैगरी, हिमालयन लाईफ ईन्स्योरेन्सले ११ अर्ब १८ करोड, सूर्यजेति लाईफले ५ अर्ब ७० करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब २३ करोड र सानिमा रिलायन्स लाईफले ३ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

सक्रिय रहेको बीमालेख

फागुनको अन्त्यसम्ममा १ करोड ३७ लाख ८० हजार २ वटा बीमालेख सक्रिय रहेको छ । सक्रिय रहेको बीमालेख सबैभन्दा धेरै रिलायबल लाईफ नेपालको रहेको छ । फागुन मसान्तसम्म रिलायबल नेपालको ३१ लाख ८७ हजार बढी बीमालेख सक्रि रहेको छ ।

यसैगरी नेशनल लाईफ ईन्स्योरेन्सको १५ लाख ९५ हजार वटा बीमालेख सक्रिय रहँदा नेपाल लाईफको १२ लाख ९३ हजार र सिटिजन लाईफको १२ लाख २७ हजार वटा बीमालेख सक्रिय रहेको छ ।

कुनको बीमाशुल्क संकलन कति ?



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved