प्रोटेक्टिभ माईक्रो ईन्स्योरेन्सले पहिलो मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीले अन्य दाबी भुक्तानी दिएको भएपनि शुक्रबार पहिलो मृत्यु दाबी भुक्तानी गरेको हो ।
पहिलो मृत्यु दाबी वापतक कम्पनीले ५ लाख २० हजार रुपैयाँ दिएको छ । कम्पनी स्थापना भएको एक वर्षमा अन्य दाबीहरु परेपनि मृत्यु अन्तर्गतको दाबी भने यो पहिलो रहेको कम्पनीले जनाएको छ।
कम्पनीले प्रदेशिक कार्यालय गुसिंगाल ललितपुरमा सञ्चालन गरेको कार्यक्रममा बीमित सवारीधनी सुरज बहादुर थापालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । कम्पनीका अनुसार थापाले चढेको मोटरसाइकलले पैदल यात्री ६० वर्षिय सुनिता कुमारी उपाध्याय पौडेललाई नयाँ बानेश्वरचोकमा ठक्कर दिंदा पैदलयात्री पौडेलको मृत्यु भएको थियो । सवारीधनी थापाले गत मंसिर महिनामा आफ्नो मोटरसाइकलको बीमा प्रोटेक्टिभ माइक्रो इन्सोरेन्स मार्फत गरेका थिए ।
सवारीधनी थापाले कम्पनीले दाबी प्रकृयामा गरेको मार्गदर्शन तथा सहयोग सराहनीय रहेको बताउदै सरल दाबी प्रकृयाले बीमाको महत्व बुझाउन र बीमाप्रति जनमानसमा ब्याप्त गलत धारणालाई कम गर्न सहयोग पुग्ने विचार व्यक्त गरे । सुदुरपश्चिम प्रदेशको धनगढी कैलालीमा मुख्य कार्यालय रहेकको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स विगत १ वर्ष देखि सञ्चालनमा रहेको लघु निर्जीवन बीमा कम्पनी हो ।