लाभांश पारित गरेर सकियो सनराइज क्यापिटलको साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2021 | 05:01:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज क्यापिटल Sunrise Capital को ११ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । 

साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४० प्रतिशत (कर सहित) का दरले हुन आउने ८ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ्ग, म्युचुअल फण्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाईजरीको कार्य गर्दै आएको छ । 

साथै यस क्यापिटलले हाल सनराइज म्युचुअल फण्ड अन्तर्गत सनराईज फस्र्ट म्युुचुअल फण्ड तथा सनराइज ब्लुचिप फण्ड योजनाहरु संचालन गर्दै आईरहेकोे छ । सनराईज फस्र्ट म्युुचुअल फण्ड योजनाले आ.व. २०७७÷०७८ को मुनाफाबाट इकाईधनीहरुलाई ५० प्रतिशत (कर सहित) प्रतिफल वितरण गरिसकेको छ ।

साथै निकट भविष्यमा कम्पनीले साराइज फोकस्ड इक्विटी फण्ड नामको तेस्रो सामूहिक लगानी कोष योजना संचालन गर्ने प्रक्रियामा रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved