३५ प्रतिशत लाभांश प्रस्ताव गरेको सुर्यज्योति लाइफको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2024 | 10:13:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्यज्योति लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले २०८१ वैअशाखा २१ गते शुक्रबार विराटनगरमा सभा आह्वान गरेको हो 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १०.२६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २४.७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ   कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब ५४ करोड छ  । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । वैशाख ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

१) कम्पनीको सोह्रौं वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७९ / ०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको मिति २०७९ साल पौष ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को मिति २०७९ साल पौष ६ गतेको नाफा / नोक्सान हिसाव नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने ।

३) सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० साल आपाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९ / ०८० को नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने ।

(४) लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लागि लेखा परिक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने । 

५) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु. ४,५४,५५,७२,१००/- को २४.७४ प्रतिशतका दरले हुने रकम रु.१,१२,४५, ७४,५३७ / ५४ नगद लाभांश प्रस्तावित बोनस शेयरको कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

६) सञ्चालक समितिमा संस्थापक शेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्तिको अनुमोदन गर्ने ।

विशेष प्रस्ताव:

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी रु. ४,५४,५५,७२,१००/- (अक्षरेपी चार अर्ब चवन्न करोड पचपन्न लाख बहत्तर हजार एक सय मात्र) को १०.२६ प्रतिशतका दरले हुने रकम रु. ४६, ६३, ७५,६९७ / ४६ (अक्षरेपी छयालिस करोड त्रिसठ्ठी लाख पचहत्तर हजार छ सय सन्तानब्बे र पैसा छयालिस मात्र) बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने । बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको भिन्न अंक (Fraction ) लाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।

२. बोनस शेयर वितरण पश्चात् हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गरी रु. ५,०१,१९,४७,७९७ / ४६ पुन्याउने प्रस्ताव पारित गर्ने ।

३.कम्पनीको प्रवन्धपत्र / नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने । कम्पनीको प्रवन्धपत्र / नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायबाट कुनै संशोधन, फेरवदल वा थपघट गर्न कुनै सुझाव / निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन/ फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

४. कम्पनी ऐनको दफा १०५ (१) (ग) बमोजिम आ.व. २०७९/०८० मा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. बाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन गर्ने ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved