उखुको पैसा नदिने उद्योगी पक्रिने जिम्मा सिडिओलाई, पक्राउ सुचिमा ३ व्यवसायी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2020 | 12:26:17 PM मा प्रकाशित

laxmi  sunrise bank

उखु किसानलाई रकम भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउको जिम्मा सिडिओलाई दिईएको छ । गृह मन्त्रालयले मंगलबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै सम्पूर्ण जिम्मा दिएको जनाईएको छ । 

गृहले किसानलाई उखुको रकम भुक्तानी नदिने सर्लाहीको अन्नपूर्ण सुगर मिल, रौतहटको श्रीराम सुगर मिल र नवलपरासीको लुम्बिनी चिनी मिल तथा इन्दिरा सुगर मिलका सञ्चालकलाई पक्राउको जिम्मा सिडिओलाई दिएको हो । 

मंगलबार दिउँसो गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, चारवटै मन्त्रालयका सचिव र प्रहरी अधिकारी सम्मिलित संयुक्त बैठकले उखुको रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकलाई कारबाही गर्ने निर्णय गरेको थियो । 

उक्त निर्णय अनुसार चिनी उद्योगका सञ्चालकलाई पक्राउ गर्न मंगलबार नै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाईएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । उनका अनुसार चिनी उद्योगीसँग पटक पटक छलफल हुँदा रकम भुक्तानी नगरेपछि कानुनअनुसार कारबाहीको जिम्मा सम्बन्धीत प्रशासनलाई दिईएको हो । 

यस अघि: 
आफ्नो भूमिका छैन भन्दै उखु किसानको समस्याबाट सरकारले नै हात झिक्यो

- गुलियो चिनीभित्र लुकेको तितो यर्थाथ

प्रक्रिया सुरु भैसक्यो, जिल्ला प्रशासन

गृह मन्त्रालयको निर्देशन अनुसार किसानलाई बक्यौता रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकलाई कानुनी कारबाहीको प्रक्रिया सुरु भएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएको छ । जिल्ला प्रशासन कार्यालय रौतहट, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र रौतहका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयको निर्देशन अनुसारको प्रक्रिया सुरु भएको बताउनु भएको छ । 

रौतहटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गृह मन्त्रालयको निर्देशन अनुसार अन्नपूर्ण सुगर मिलका सञ्चालकको खोजी गरेर कानुन बमोजिम कारवाही हुने जानकारी दिए । ‘सकेसम्म किसानलाई बाँकी रकम भुक्तानी गर्न निर्देशन दिन्छौँ, यदि आनाकानी भयो भने गृहको निर्देशन अनुसार आवश्यक कारवाही प्रक्रिया सुरु हुनेछ’, उनले भने ।

उनका अनुसार प्रशासनमा अन्नपूर्ण मिलबाट रु आठ करोड रकम लिन बाँकी रहेको किसानहरुले उजुरी दर्ता गरेका छन् । 

नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक उखु किसानका प्रतिनिधिसँग छलफल गरेर प्रक्रिया सुरु हुने बताउँछन् । उनका अनुसार मंगलबार आएको गृहको निर्देशन अनुसार आज किसानलाई छलफलमा बोलाइएको भन्दै लुम्बिनी चिनी मिल र इन्दिरा सुगर मिलका सञ्चालकलाई कारवाहीको प्रक्रिया सुरु हुने बताउँछन् । 

यसअघि किसानको गुनासोका आधारमा प्रशासनले मंसिर १८ गते दुबै मिलका सञ्चालक तथा किसानसँग भएको संयुक्त छलफल गरेर एक महिनाभित्र रकम भुक्तानी गर्ने सहमति भएको थियो । सहमति अनुसार अहिलेसम्म रकम भुक्तानीको प्रक्रिया सुरु भएको जानकारी नआएको उनी बताउँछन् । 

यसैगरी रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव श्रीराम मिलबाट किसानलाई ३५ लाख बक्यौता रकम दिन बाँकी रहेको गुनासो आएको भन्दै गृहको निर्देशन अनुसार कारवाहीको प्रक्रिया सुरु भएको बताउँछन् । करिव २ महिना अगाडी किसानबाट आएको गुनासोका आधारमा मैले उद्योगका प्रतिनिधिसँग कुरा गरेको थिए, नोक्सान भएको भन्दै उद्योग बन्द गरीएको र बाँकी भुक्तानी रकम छिटै भुक्तानी गर्ने बताएका थिए । 

तर अझै भुक्तानी नगरेको भन्दै कानुन अनुसार कारवाही गर्न निर्देशन आएको भन्दै निर्देशन अनुसार कारवाही हुने उनी बताउँछन् । 

यो पनि: 'उखुको पैसा नपाए यहि मर्छौँ तर रित्तो हात घर फर्किन्नौं' (स्थलगत भिडियो रिपोर्ट)

कस्को लगानी

श्रीराम सुगर मिलमा विशाल ग्रुप र हितेश गोल्छाको संयुक्त लगानी रहेको छ । देशकै व्यवसायीक घरानाका व्यक्तिहरुको संग्लनता रहेको उद्योगले नै किसानहरुलाई लामो समयदेखि रकम भुक्तानी दिएको छैन् । श्रीराम मिलका प्रमुखका रुपमा हाल विशाल गुप्रका विशाल अग्रवाल रहेका छन् । 

यसैगरी अन्नपूर्ण र इन्दिरा सुगर मिलमा राकेश अग्रवालको लगानी रहेको छ । लुम्बिनी चिनी मिलका सञ्चालक मनीष अग्रवालको मृत्यु भएपछि उद्योगको सेयर उनकी श्रीमती  सुनिता गोयलको नाममा देखिन्छ, तर गोयल सक्रिय नभएको र पारिवारिक किचलोका कारण सञ्चालकहरु सम्पर्कमा नआएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयका अधिकारीहरु बताउँछन् । 

दुबै समूह व्यवसायीक घरानाका व्यक्ति हुन। तर अनेक वहान बनाउदै उखु किसानहरुलाई पाँच वर्षदेखिको उखुको बक्यौता रकम भुक्तानी गरेका छैनन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved