गुलियो चिनीभित्र लुकेको तितो यथार्थ

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Dec 13, 2020 | 03:15:49 PM मा प्रकाशित

laxmi  sunrise bank

गत वर्ष पुसको जाडोमा काठमाडौँको माइतिघरमा चिनी मिल सञ्चालकले उखुको रकम भुक्तानी नदिएको भन्दै आन्दोलन गरेका किसानहरु पुनः काठमाडौँमा आन्दोलनका लागि आएका छन्। गत वर्ष सरकार र मिल सञ्चालकले गरेको बाचा पूरा नभएको भन्दै उनीहरु बक्यौता रकम भुक्तानी नहुँदासम्म जिल्ला नफर्कने भन्दै पुनः आन्दोलनका लागि काठमाडौँ आएका हुन्। आजबाट शान्तिपूर्ण रुपमा आन्दोलन सुरु गरेका उखु किसानहरु सरकारले नसुने सिंहदरबार र बालुबाटारसम्म पुग्ने जनाएका छन्। 

आफूले खेती गरेको रकम पाउँनका लागि सधै संर्घष गर्नुपरेको किसानहरु बताउँछन् । सर्लाहीबाट उखु किसानको नेतृत्व गरेर काठमाडौँ आएका राकेश मिश्रका अनुसार गत आर्थिक वर्ष २०७०-०७१ सालदेखिको भुक्तानी बाँकी रहेको छ । 

‘लामो समयदेखि भुक्तानीको रकम रोकिएको छ, सरकार र उद्योगीको मिलोमोतोमा किसानलाई दुख दिनेमात्र काम भयो’, उनले भने, ‘सबै रकम भुक्तानी नहुँदा सम्मा हाम्रो आन्दोलन जारी रहन्छ, हामी सबै बन्दोबस्त गरेर काठमाडौँ आएका छौँ, पैसा नपाउँदा सम्म फर्किनौँ ।’

उनका अनुसार चिनी मिलहरुले ९० लाख बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ । सरकारले गत वर्ष गरेको बाचा पूरा नभएपछि पुनः आन्दोलन गर्नुपरेको उनी बताउँछन् । गत वर्ष सरकारले नै झुक्याएको भन्दै यसवर्ष जसरी भएपनि रकम लिएर नै फर्कने बन्दोबस्त गरेर आएको उनीहरु बताउँछन् । 

यता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भने चिनी उद्योगीहरुसँग छलफल भैरहेको भन्दै मन्त्रालयले धेरै पहल गरेको दाबी छ । उखुको रकम भुक्तानी गर्न बाँकी रहेका चिनी मिलका सञ्चालकलाई छलफलमा बोलाएर जग्गा जमिन बिक्री गरेर भएपनि भुक्तानी गर्न पहल भएको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसी बताउँछिन् । 

लामो समयदेखि बन्द रहेको श्रीराम सुगर मिल्सलाई जग्गा बिक्री गरेर भुक्तानी गर्न निर्देशन दिएको भन्दै जग्गा बिक्रीको प्रक्रियामा रहेको खबर आएको उनी बताउँछिन् । यसैगरी अन्नर्पूर्ण सुगर मिल्समा बाँकी रहेको चिनी बिक्री गरेर भुक्तानीको तयारी भएको बताउँछिन् । उक्त उद्योगमा बाँकी रहेको चिनीमध्ये ७० लाख बराबरको विष्कुट उद्योगको लगेको र बाँकी कविता गल्लाले लैजान जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको जानकारी आएको मन्त्रालयले जनाएको छ । 

चिनी बिक्री गरेर आएको रकम प्रशासनको समन्वयमा भुक्तानी हुने जनाईएको छ । उनका अनुसार गत वर्ष १ अर्ब ४० करोड बढी भुक्तानी रकम बाँकी रहेकोमा हाल ७९ करोड बाँकी रहेको छ । 

संघर्ष समितिका संरक्षक मिश्र ९२ लाखबढि भुक्तानी रकम बाँकी रहेको बताउँछन् । उनका अनुसार श्रीराम सुगर मिलको २६ करोड, अन्नपूर्ण सुगर मिलको १७ करोड, लुम्बिनी सुगर मिलको ८ करोड ४१ लाख,  महालक्ष्मी चिनी मिलको ६ करोड २७ लाख, इन्दिरा सुगर मिलको ४ करोड ७० लाख, बाग्मती सुगर मिलको ५ करोड ११ लाख भुक्तानी रकम बाँकी छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved