काबेली विकास बैंकको शेयर लिलाममा, मङ्सिर १९ देखि आबेदन खुला

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 02, 2017 | 08:34:43 AM मा प्रकाशित

laxmi  sunrise bank

काबेली बिकास बैंकले हकप्रदमा अवितरित शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले मङ्सिर १९ देखि मङ्सिर २९ सम्मका लागि १२ हजार ५८७ कित्ता सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 

बैंकले लिलाम मार्फत बिक्रि गर्न लागेको शेयरमा सर्वसाधारण तर्फको १२ हजार ५८७ कित्ता शेयर छ। बैंकले गत भदौ १८ देखि कात्तिक १५ सम्म २ बराबर १ अर्थात ५० प्रतिशतका दरले हकप्रद बिक्रि गर्दा अवितरित शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो।

इच्छुक बोलकबोल दातामा मङ्सिर १९ देखि बैंकको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमल, काठमाडौं, र ग्लोबल आइएमई बैंकका बिरगंज, बिराटनगर, पोखरा, बुटवल, नेपालगंज, धनगढी र सुर्खेत शाखा कार्यलयमा मङ्सिर २९ सम्म आइपुग्ने गरि बोलपत्र पेश गर्न सक्नेछन। 


बोलकबोल दाताले शेयर खरिदको लागि आवश्यक रकम ग्लोबल आइएमई क्यापिटलको नाममा ग्लोबल आइएमई बैंकमा BTI Kabeli Rigth 2074 नाममा रहेको खाता नम्बर ०१११०१००११०६१ मा रकम जम्मा गरि बोलपत्रमा सहभागी हुन सक्नेछन।    

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको साधारण शेयर पाउने छन। 

काबेलीले गत आर्थिक बश २ करोड ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। काबेलीले हालै मात्र माउन्ट मकालु डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved