सिभिल बैंकको ४० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 28, 2017 | 08:12:47 AM मा प्रकाशित

सिभिल बैंकले मङ्सिर २२ गते देखि हकप्रद बिक्रि खुला गरेक छ।  बैंकले १० बराबर ४ कित्ता शेयर अर्थात ४० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गरेको हो। 

४० प्रतिशत हकप्रदका लागि बैंकले मङ्सिर ५ गते बुक क्लोज गर्ने निर्णय गरेकाले मङ्सिर ४ सम्म कायम शेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ। 

मङ्सिर ४ सम्म कायम शेयरधनीहरुले मङ्सिर २२ देखि पुष २७ सम्म बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटल, सिभिल बैंकका सम्पूर्ण शाखा कार्यालयहरु, सिभिल क्यापिटल तथा आश्वा सदस्य रहेको जुनसुकै बैंकबाट हकप्रद भर्न सकिने लक्ष्मी क्यापिटलले जनाएको छ।     

बैंकले २ अर्ब ७ करोड रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार ८८.६७५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४० प्रतिशत हकप्रद बिक्रि तथा बितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड पुग्नेछ।   


त्यसपश्चात बैंकले १० दशमलब ३४ प्रतिशतले पुंजी वृद्धि गर्दा समेत उसको चुक्ता पुंजी ८ अर्ब पुग्नेछ। बैंकले गत आर्थिक बर्ष ३३ करोड ८१ लाख १४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। त्यस्तै चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ११ करोड ३३ लाख खुद मुनाफा गरेको छ।  


 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved