के तपाईको सांग्रिला डेभलपमेन्ट बैंकको हकप्रद भर्न छुट्यो ? यस्तो छ सेयरधनीहरुलाई बैंकको सूचना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 02, 2018 | 09:26:50 PM मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकले हकप्रद बिक्रि गरिरहेको छ। बैंकले १० बराबर ८ कित्ता सेयर अर्थात ८० प्रतिशतका दरले पुष १७ देखि माघ २१ सम्मका लागि हकप्रद बिक्रि खुला गरेको हो। 

हकप्रद बिक्रि प्रयोजनका लागि मङ्सिर २७ गते बुक क्लोज गर्ने निर्णय भएकाले मङ्सिर २६ सम्म कायम सेयरधनीहरुले मात्र सांग्रिलाको हकप्रद भर्न सक्नेछन। 

मङ्सिर २६ सम्म कायम इच्छुक सेयरधनीहरुले बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबधक प्रभु क्यापिटल कमलादी काठमाडौं, सांग्रिला डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालय तथा प्रभु बैंकका बनेपा, बिरगंज, बिराटनगर, जनकपुर र दमक शाखा कार्यलायबाट आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्नेछन। 

साथै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट समेत बैंकको हकप्रदमा आबेदन भर्न सकिनेछ। बैंकको गत जेठ १९ मा सम्पन्न १२ औ बार्षिक साधारणसभाले १० बराबर ८ अर्थात ८० प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने निर्णय गरेको हो। 

८० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब ४४ करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी १ अर्ब ३५ करोड छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउन बैंकले ६ करोडले पुंजी वृद्धि गर्नुपर्नेछ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १६ करोड १ लाख खुद मुनाफा आर्जन गरेको छ। 

मङ्सिर ८ सम्म कायम सेयरधनीलाई गत आर्थिक बर्षको लाभांश 

मङ्सिर ८ सम्म कायम साबिकका सेयरधनीहरुले उक्त हकप्रदमा समेत गत आर्थिक बर्षको कमाईबाट वितरण गरिने बोनस तथा लाभांश प्राप्त गर्ने बैंकले जानकारी दिएको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved