कामना सेवा विकास बैंकले माघ १५ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । बैंकले १०० बराबर १५ कित्ता शेयर अर्थात १५ प्रतिशतका दरले माघ १५ देखि फागुन २० गतेसम्मका लागि हकप्रद बिक्रि खुला गरेको हो।
हकप्रद बिक्रि प्रयोजनार्थ बैंकले माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेकाले माघ २ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन। बैंकले ३० करोड ९४ लाख बराबरको ३० लाख ९४ हजार १ सय ५४ दशमलव ७७ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल बिक्रि रहेको छ ।
माघ २ गतेसम्म कायम इच्छुक शेयरधनीहरुले एनएमबि क्यापिटलको कार्यालय नक्साल, र एनएमबि बैंकका उपत्यका भित्रका चाबहिल, कलंकी, तिनकुने, महाराजगन्ज, काठमाडौँ , लुभी , ठईब, पुल्चोक कुमारी पाटी , ललितपुर, सुर्यबिनायाक, भक्तपुर शाखा बाट आवेदन दिन सक्ने छन् ।
त्यस्तै एनएमबि बैंकका उपत्यका बाहिरका तीनदोबाटो बनेपा, मिलनचोक बुटवल, महेन्द्र पथ धरान, रंगेली रोड , बिराटनगर, ,. सुर्खेत रोड नेपालगञ्ज, बसपार्क रोड धनगढी, न्युरोड पोखरा, आदर्शनगर बिरगंज, भानुचोक जनाकरपुर, नारायणगढ चितवन र बिर्तामोड झापा बाट आवेदन दिन सक्ने छन् । त्यस्तै कामना सेवा बैंकको शाखाबाट पनि हकप्रद भर्न सकिने छ।
१५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब ३६ करोड पुग्नेछ। हाल हाल बैंकको चुक्ता पुंजी २ अर्ब ५ करोड छ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १३ करोड ६१ लाख खुद मुनाफा आर्जन गरेको छ।