एनआईसी एसिया ग्रोथ फण्डको बिक्री आजसम्म मात्र, कहाँबाट आबेदन भर्ने ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 25, 2018 | 08:39:13 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले निष्काशन गरेको एनआईसी एसिया ग्रोथ फन्डको इकाई बिक्रि आज (आइतबार) देखि हुने भएको छ। आज बैंकिङ समयसम्म मात्र एनआइसी एसिया ग्रोथ फन्डको इकाई बिक्रि खुला हुने बिक्रि प्रबन्धक तथा निष्काशनकर्ता एनआईसी एसिया क्यापिटलले जनाएको छ। 

एनआईसी क्यापिटलले प्रति एकाई १० रुपैयाँका दरका १ अर्ब रुपैयाँ बराबरको १० करोड एकाई निष्कासन गरेको हो । ग्रोथ फण्ड माघ २ गतेदेखि निष्कासन भएको थियो।

इच्छुकले न्युनतम १०० इकाई र अधिकतम २० लाख इकाईसम्म आबेदन दिन पाउनेछन। इच्छुकले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा प्रदायक बैंक वित्तीय संस्थाबाट समेत आबेदन दिन पाउनेछन। 

ग्रोथ फण्डको निष्कासन छिटो बन्द हुने मिति माघ ८ र ढिलोमा माघ २१ गतेसम्म तोकिएको थियो । पुरै बिक्री नभएपछि समय थप गरिएको हो। ग्रोथ फण्ड कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत अर्थात १ करोड ५० लाख कोष प्रवद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी ८ करोड ५० लाख एकाई बिक्रीका लागि खुला गरिएको छ ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved