पर्यटन प्रवर्द्धनका लागि नेपाल एयरलाइन्स र लुम्बिनी बौद्ध विश्व विद्यालयबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2021 | 10:16:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगम र लुम्बिनी बौद्ध विश्व विद्यालयबीच नेपालको पर्यटन प्रवर्द्धन र बुद्धदर्शनको विस्तारगर्ने सम्बन्धमा हस्ताक्षर भएको छ । बुधबार निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल र विश्व विद्यालयका उप कुलपति प्रा. डा. हृदय रत्न बज्राचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

लुम्बिनी बौद्ध विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पर्यटन सँग सम्वन्धित विषयमा प्रयोगात्मक अध्ययनको अवसर निगमले प्रदान गर्नेछ भने विश्व विद्यालयले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा निगमको सेवालाई प्राथमिकता दिईने गरी सम्झौता भएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिईन । उनका अनुसार लुम्बिनी विश्वविद्यालयमा उच्च शिक्षा लिने निगमका कर्मचारीका सन्तानलाई शुल्कमा विशेष छुट उपलब्ध हुनेछ । 

पर्यटन क्षेत्रमा दिगो विकासमा सहयोग पुग्ने गरी उड्डयन तथा पर्यटन क्षेत्रमा उच्च गुणस्तरको जनशक्ति तयार गर्न दुवै संस्थाकाबीच प्रयास गरिने सम्झौतामा उल्लेख छ । लुम्बिनी क्षेत्रका साथै नेपालका अन्य बुद्धिष्ठ क्षेत्रहरुमा पर्यटन विकासमा दुवै संस्थाले प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्नेछन् ।

उक्त सम्झौता हाललाई चारवर्षको लागि गरिएको छ र भविष्यमा नवीकरण गर्न सकिनेछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved