एलओडी सहितका नाइटक्लब, डान्स बार र दोहोरी साँझलाई कर तिर्न महानगरको ताकेता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2024 | 09:13:19 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले विभिन्न दोहोरी साँझ, डान्स बार र नाइटक्लबहरूलाई मनोरञ्जन कर बुझाउन ताकेता गरेको छ। महानगरको राजस्व विभागले आज एक सूचना जारी गर्दै बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०८० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन ताकेता गरेको हो ।

पटक पटक लिखित, फोन तथा मौखिक जानकारी गरिए पनि कर बुझाउन वेवास्ता गरेकोले  मनोरञ्जन कर दाखिला गर्न सार्वजनिक सूचना मार्फत आह्वान गरिएको महानगरले जनाएको छ।

महानगरले २०८० मंसिर ९ गते हायात होटलमा साङ्गीतिक कार्यक्रम (कन्सर्ट) आयोजना गर्ने Garage Entertainment र NM Production, गोपीकृष्ण मुभिज, LOD (डिस्को) लगायत र २०८०।१०।१६ मा मनोरञ्जन कर बुझाउन पत्राचार गरिएका दोहोरी साँझ, डान्स बार र नाइटक्लबहरूलाई ३५ दिनभित्र कर बुझाउन सार्वजनिक सूचना आह्वान गरेको हो ।

उक्त अवधिभित्र कर दाखिला नगरे / नगराएमा आर्थिक ऐन, २०५० को दफा २१ बमोजिम कारबाही हुने महानगरले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved