नेपाल वेयरहाउजिङ कम्पनीले आईपीओ निष्काशन गर्दा सामुहिक लगानी कोष अर्थात् म्युचुअल फण्डहरुलाई छुट्याएको शेयरको लकइन अवधि २०८१ जेठ १९ गते सकिने भएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको ६८ हजार ७ सय ५० कित्ता शेयरको लकइन अवधि आगामी जेठ १९ गते सकिने जनाएको हो ।
कम्पनीको आईपीओ २०८० मङ्सिर २० गते बाँडफाँड भएको थियो। त्यस क्रममा सामुहिक लगानी कोषहरुलाई छुट्याएको उल्लेखित शेयरको लकइन अवधि ६ महिनापछि समाप्त हुन लागेको हो ।
धितोपत्र बोर्डको पछिल्लो निर्देशन अनुसार सामुहिक लगानी कोषहरुले आरक्षणमा पाएको शेयर ६ महिना नभई बिक्री गर्न पाइदैन । कम्पनीले कुल १३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो ।