नेपाल इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने, विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2024 | 08:53:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुंजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो।

कम्पनीले हकप्रद प्रस्ताव पारित गर्नको लागि विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ ४ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष साधारणसभा आह्वान गरेको हो । विशेष साधारणसभामा हकप्रद निष्काशन समबन्धि प्रस्ताव पेश हुने छ ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि वैशाख २७ गते बुक क्लोज गर्ने भएको छ । वैशाख २६ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।

यस्ता छन् कम्पनीको विशेष साधारणसभामा पेश हुने प्रस्तावहरु:

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको जारी तथा चुक्ता पूँजी रु १,६४,४२,४१,९४० (अक्षरुपी एक अर्व चौसट्ठी करोड बयालिस लाख एकचालिस हजार नौ सय चालिस) को ४० प्रतिशत अर्थात १० शेयर बराबर ४ शेयरका अनुपातले हकप्रद शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

२. हकप्रद शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी बृद्धि भई रु. २,३०,१९,३८,७१६ (अक्षरुपी रु दुई अर्व तीस करोड उन्नाईस लाख अड्तिस हजार सात सय सोह्र ) पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्ध पत्रको दफा ५ को (ख) र (ग) मा भएको जारी तथा चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

३. संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्च अनुमोदन गर्ने ।

४. संशोधित प्रबन्ध-पत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved