कैलाली र कञ्चनपुरमा निर्माणको कामले लियो तेब्बर गति, ६० भन्दा बढी पुल बन्दै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 24, 2017 | 06:51:48 PM मा प्रकाशित

laxmi sunrise bank

पछिल्लो समय कञ्चनपुरमा भौतिक पूर्वाधार क्षेत्रमा सडक, पुल लगायतका निर्माण कार्यले विगतका वर्षभन्दा तेब्बरले गति लिएको छ। गत आर्थिक वर्षमा कञ्चनपुरमा सबैभन्दा बढी पक्की सडक र पुल निर्माणका लागि ठेक्का प्रक्रिया भई काम शुरु भएका छन्। डिभिजन सडक कार्यालय कञ्चनपुरका अनुसार गत आर्थिक वर्षमा मात्रै कञ्चनपुरमा ४२ वटा पुल निर्माणको ठेक्का भएको छ। 

“अघिल्ला वर्षमा यहाँ बढीमा छवटा पुल वर्षमा बनेको रेकर्ड छ।” डिभिजन सडक कार्यालय कञ्चनपुरका इञ्जिनियर खगेन्द्रबहादुर शाहीले भने, “कञ्चनपुरले विभागीय मन्त्री पाएकाले पनि गत वर्ष यहाँ धेरै नदी तथा खोला नालामा पुलका लागि बजेट परेको हो।” उहाँका अनुसार कैलालीमा पनि २१ वटा पुल बन्दैछन्। तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको पालामा उक्त बजेट विनियोजन गरिएको हो।

कञ्चनपुरको दोधारा चाँदनीस्थित बाबाथान जोड्ने मलेरिया नाला, सोही क्षेत्रको मैनाल नाला, भीमदत्तनगर–ब्रह्मदेव जोड्ने कामीकाटेँ खोला पुल, शुक्लाफाँटा नगरपालिकाको जाडेपानी खोला पुललगायत जिल्लाभर करिब १५ मिटरदेखि १६० मिटर लम्बाइ सम्मका पुल निर्माणको चरणमा छन्।

अघिल्लो आर्थिक वर्षमा कञ्चनपुरमा ठेक्का भएका छवटा पुल निर्माण भइरहेको डिभिजन सडक कार्यालयले जनाएको छ। “कञ्चनपुरमा ठेक्का सम्झौता भएका पुलमध्ये सातवटा पुलको निर्माण शुरु भइसकेको छ,” इञ्जिनियर शाहीले भने, “अन्य ठेक्का सम्झौता भएका पुलको निर्माण अब तत्काल शुरु हुन्छ।” पुल निर्माणका लागि डेढ वर्षदेखि तीन वर्षसम्म पुलको लम्बाइअनुसारको समयावधि दिइएको छ।

त्यसैगरी, चालु आर्थिक वर्षमा पनि कञ्चनपुरमा नयाँ थप छवटा र कैलालीमा पाँच वटा पुल निर्माणको ठेक्का हुने डिभिजन सडक कार्यालयले जनाएको छ।

कैलालीमा पनि ठेक्का भएकामध्ये डेढ दर्जन पुल निर्माणाधीन अवस्थामा छन्। महाकाली नदीको चार लेनको पुलबाहेक यतिधेरै पुल निर्माणको प्रक्रिया पहिलो पटक अघि बढेको हो। अब सम्झौता भएका सबै पुलको काम तत्काल सुचारु हुने शाहिले बताए। रासस 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved