गौचन हत्याका मुख्य योजनाकार भारतबाट पक्राउ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 03, 2017 | 11:55:45 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन हत्याका मुख्य योजनाकार समिरमान बस्नेतलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरि नेपाल ल्याएको हो। 

बस्नेतलाई पत्रकार सम्मेलन गरि केहि बेरमा सार्वजनिक गर्ने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ। बस्नेतको हत्यामा संलग्न संलग्न सुटरसहित अन्य तीन जना काभ्रेका छिरिङ तामाङ, संजय तामाङ र दिलिप लामालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो। 

गौचनको असोजको अन्तिम साता नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा गोली हानी हत्या भएको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved