देशको भविष्य स्थानीय तहको हातमा : उपाध्यक्ष डा. कँडेल

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 07, 2018 | 06:23:26 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले हचुवामा कर लगाईंदा देशैभर हंगामा मच्चिएको बताएका छन् । सिन्धुलीमा भएको एक कार्यक्रममा कर प्रशासनका विज्ञ समेत रहेका  डा. कडेलले कर संवेदनशिल चिज भएको भन्दै सत्ता परिवर्तनको औजारको रुपमा समेत यसको प्रयोग भएको उदाहरण रहेको बताए । 

उनले देशलाई कस्तो बनाउने भन्ने कुरा स्थानीय तहको कार्यशैलीमा भर पर्ने बताउँदै कसरी साधन र स्रोत जुटाउने, जनतालाई समस्या नपर्नेगरी कर लगाउने कुरामा ध्यान दिन आग्रह गरे । करका विषयमा भएका टिप्पणीका सम्बन्धमा कति भ्रम कति वास्तविकता हो भन्ने कुरा वित्तिय आयोगले अध्ययन गरिरहेको उनको भनाई छ । 

उपाध्यक्ष कडेलले सुनकोसी–मरिण डाइभर्सन र खुर्कोट–चियाबारी सुरुङमार्गको निरिक्षण समेत गरेका छन् । मध्यपहाडी लोकमार्गको हेटौंडा–चतरा खण्डको समेत अवलोकन गर्दै उपाध्यक्ष कडेलले यी परियोजना समयमै सम्पन्न गर्न सबै पक्षको सहयोगको जरुरत पर्ने बताए । 

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले आयोगले दिर्घकालिन सोच सहितको तथ्यपरक नीतिमा आधारित योजना बनाउने र त्यसलाई तदारुकताका साथ कार्यान्यवन गराउने बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved