काठमाडौंको तिनकुनेमा ग्यास उत्खनन् गर्ने प्रक्रिया सुरु गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले तिकुनेमा ग्यास उत्खनननको प्रक्रिया अघि बढाउन काठमाडौँ प्रशासनबाट जग्गा प्राप्तीको कामलाई अघि बढाइएको जानकारी दिए ।
शुक्रबार राष्ट्रियसभाको बैठकमा उनले काठमाडौं उपत्यकाको विभिन्न १४ स्थानमा ग्यासको सम्भाव्यता खानी तथा भूगर्भ विभाग र जाईकाको सहयोगमा अध्ययन गरेपछि सरकारले तिनकुनेबाट भने उत्खनन्लाई नै अघि बढाउन लागिएको बताए ।