कहाँ आइपुग्यो ओलीको रेल ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 06:51:45 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वपश्चिम रेलमार्ग अन्तर्गतको बर्दिवास–निजगढ खण्ड २८ कि.मि. ट्रयाक निर्माण सम्पन्‍‌न भएको छ । मेची महाकाली रेलमार्गको ९४५ कि.मि., लिंक सहित १ हजार २६ कि.मिं को विस्तृत अध्यन प्रतिवेदन तयार भएको सरकारले जनाएको छ । 

निर्माणाधीन जयनगर जनकपुर बर्दिबास रेलमार्गको ६९ कि.मि. मध्ये जयनगर जनकपुर खण्डको ३४ कि.मि. निर्माण सकिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनका आनुसार जयनगर विजलपूर रेल सञ्‍‌चालन गर्न भारतीय रेल्वे कम्पनीसँग जीटूजी विधिबाट रेल खरीद गर्ने सम्झौता भई रेल नेपाल आउने चरणमा रहेको छ । विजलपूरा बर्दिबास रेलमार्गको ६ कि.मि., बर्दिवास निजगढ ७० कि.मि. रेल मार्ग निर्माणमध्ये बर्दिवास लालवन्दी खण्डको ३० कि.मि. क्षेत्रमा ट्रयाक वेड निर्माण भइरहेको छ । प्रतिवेदनका अनुसार २२५ मिटर लामो कालिन्जोर पुल र १७५ मिटर फुलजोर पुल निर्माण कार्य अन्तिम चरणमा छ ।

बर्दिवास निजगढ खण्डको १४ वटा पुलको ठेक्‍‌का भई निर्माण प्रारम्भ भएको, बर्दिवास निजगढ खण्डको वागमती पुलको ठेक्‍‌का सम्झौता भई निर्माण शुरु भएको र लालवन्दी निजगढ ४० कि.मि. खण्डमा ट्याक वेड निर्माण ठेक्‍‌का आव्हान भई मूल्याङ्कन प्रकृयामा अर्थले जनाएको छ । 

बर्दिवास निजगढ खण्डमा १८ वटा पुलहरूको फाउण्डेसन कार्यको ८० प्रतिशत काम सम्पन्‍‌न भएको छ । रसुवा काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनको लागि चीनसँग बार्ता भई प्रक्रिया अगाडि वढेको छ । वीरगंज काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनको लागि भारतसँग वार्ता भई प्रक्रिया अगाडि बढेको छ । उक्त आयोजनाका लागि चालु आर्थिक वर्ष २०७६/०७७ मा ७ अर्ब ६९ करोड ६९ लाख बजेट विनियोजन भएकोमा समीक्षा अवधिसम्म १ अर्ब ७४ करोड ५७ लाख अर्थात बजेटको २२.२७ प्रतिशत खर्च भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved