सोलुखुम्बुकमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम सेवा सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2017 | 02:30:24 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक सोलुखुम्बु शाखा कार्यालयले सदरमुकाममा एटिएम सेवा सुरु गरेको छ ।यसअघि कुनै पनि बैंकले एटिएम प्रयोगमा नल्याएको अवस्थामा बैंकले सदरमुकाममा आजबाट एटिएम सेवा सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सो सेवा शुभारम्भ गरे। एटिएम कार्डको प्रयोगबाट रु दुई लाखसम्म झिक्न मिल्ने र सेवा बिहान ७ देखि साँझ ७ बजेसम्म उपलब्ध हुने सो शाखाका निमित्त प्रमुख भावना फुयाँलले जानकारी दिए ।

जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी कार्यालयका साथै सर्वसाधारणको बैंकीङ कारोबारका कारण रकम झिक्न घन्टौँ लाइन लाग्नुपर्ने अवस्था अब कम हुने निमित्त प्रमुख फुयाँलले बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved