इन्फिनिटी माइक्रोफाइनान्सको कारोबार सुरु, जनताको घरदैलोमा पुगी लघुवित्त सेवा दिने प्रतिबद्दता 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2017 | 03:19:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले आज देखि कारोबार सुरु गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवि नेपालले यसको उद्घाटन गरेका हुन।

लघुवित्त सेवाको माध्यमबाट समाजका विपन्न वर्गको जिवनस्तर उकास्ने उद्देश्य स्थापना गरिएको जनाइएको छ । यस माइक्रोफाइनान्स नेपाल सरकारका पूर्व सचिव, प्राध्यापक, बैंकर, इन्जिनियर तथा व्यापारीहरु प्रबद्धनमा संचालनमा आएको हो ।  

सो अवसरमा बोल्दै गभर्नर डा. नेपालले लघुवित्त संस्थाहरु ग्रामीण क्षेत्रमा सहयोगी हातहरुको रुपमा संचालन हुनुपर्ने बताए। वित्तीय पहुंच नपुगेको ठाउंमा पुग्न तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्न समेत लघुवित्त संस्थाहरुलाई गभर्नर डा. नेपालले निर्देशन दिएका छन। 

सो अवसरमा बोल्दै राष्ट्र बैंक भैरहवा शाखाका मुख्य ब्यबस्थापक रेवतीप्रसाद नेपालले शाखा विस्तार एकै पटक नगरी क्रमश बढाउदै लग्नु पर्ने र कर्जा प्रवाहमा बिशेष ध्यान दिनु पर्ने बताए।

हाल इन्फिनिटी माइक्रोफाइनान्सको चुक्ता पुंजी ७ करोड रुपैयाँ रहेको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले कार्यक्षेत्र र कारोबार विस्तार गर्ने क्रममा १० वटा शाखाहरु तत्काल खोल्ने योजना रहेको बताएका छन। 'वित्तीय पहुँच कम भएका क्षेत्रका जनताहरुको घर दैलोमा पुगी लघुवित्त  सेवा प्रदान गर्न संस्था प्रतिबद्द छ' उनले भने।      

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved