मान्मामा सानिमा बैंकको शाखा कार्यालय स्थापना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 18, 2017 | 01:17:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक लिमिटेडले आफ्नो ४४ औ कार्यालय कालिकोटको मान्मामा स्थापना गरेको छ  । बैंकले युके एडद्वारा प्रवद्र्धित सक्षम परियोजनाको सहकार्यमा आज शाखा स्थापना गरी  बैंकिङ्ग सेवाबिस्तार गरेको हो । 

  शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका ब्य्रान्ड प्रवद्र्धक हरिवंश आचार्यले गरेका हुन् ।   सानिमा बैंकका संचालक समितीका सदस्य  भरत कुमार पोखरेल तथा प्रमुख कार्यकारी अधिकृत   भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरु बाट निरन्तर सहयोग तथा संरक्षणको अपेक्षा व्यक्तगर्दै कालिकोट शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा हरिवंश आचार्य  कालिकोटमा सानिमा बैंक संचालनमा आएकोमा कालिकोटबासीहरुलाई  बधाईको साथै बैंकलाई समेतब धाई ज्ञापन गर्दै सानिमाको सफलतातथा सबल अनिविश्वसनीय बैंकको रुपमा निरन्तर बिस्तार हुन शुभकामना व्यक्त गरे । 


सानिमा बैंकको यस शाखा समेत गरी मेची देखि महाकाली सम्म ४४ वटा शाखा संजाल तथा ५० वटा ए.टि.एम. रहेको बैंकले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved