‘डण्डी उद्योगी नै ४ तिर फर्केका छन्, कसरी कार्टेलिङ गर्छन् ?’

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 24, 2021 | 12:16:54 PM मा प्रकाशित

laxmi  sunrise bank

भौतिक संरचना निर्माणकै समयमा फलामे डण्डीको भाउ बढेपछि निर्माण व्यवसायीहरुले डण्डी उद्योगीहरुले कार्टेलिङ गरेको आरोप लगाउँदै आएका छन् । तर, उद्योगीहरुले भने यो आरोपको खण्डन गर्दै डण्डीको भाउ बढ्नुमा अन्तराष्ट्रि बजारमा बढेको कच्चा पदार्थको भाउलाई कारण देखाएका छन् ।

किन बढिरहेको डण्डीको भाउ ?

नेपाल स्टिल तथा रोलिङ मिल एशोसियसन उपाध्यक्ष एवं साखः स्टिलका सञ्चालक हुन् किरण साखः डण्डीको भाउ घट्नु र बढ्नुमा स्वदेशी उद्योगीहरुको हात नहुने बताउँछन् । सुनको भाउ जस्तै फलामे डण्डीको भाउ पनि सिँधै अन्तराष्ट्रिय बजारसँग जोडिने भएकाले यसबारे अड्कालबाजी गरेर उद्योगीहरुको मानहानी गर्ने काम नगर्न साखःले अनुरोध गरेका छन् ।

‘डण्डी स्वदेशी कच्चा पदार्थबाट बन्दैन । डण्डी बनाउन विदेशबाट बिलेट ल्याउनुपर्ने हुन्छ, ‘बिलेटको भाउ नेपालले निर्धारण गर्ने त होइन, यसको निर्धारण त अन्तराष्ट्रिय बजारले नै गर्ने हो । विश्व बजारमा बिलेटको भाउ बढ्दा डण्डीको भाउ स्वतः बढ्छ ।’ 

‘डण्डी बनाउने कच्चा पदार्थको भाउ यो पछिल्लो २ महिनामा ३६० अमेरिकी डलरबाट बढेर ५५२ अमेरिकी डलर पुगेको छ । एक टनमै २० हजार मूल्य बढेको छ । गुगल सर्च गरेर हेरे थाहा भइहाल्छ नि’ साखः थप्छन्, ‘कच्चा पदार्थको भाउ किलोमै २० रुपैयाँले बढेको अवस्थामा पनि तयारी डण्डीको भाउ भने उद्योगीले जम्मा १० रुपैयाँ बढाएका छन् । यसलाई कार्टेलिङ कसरी भन्न सुहाउँछ ।’ 

कार्टेलिङ कसरी होइन ?

उद्योगको उत्पादन क्षमता बजार मागभन्दा दोब्बर बढी रहेको भन्दै किरण साखः कार्टेलिङको आरोपमा कुनै सत्यता नरहेको दाबी गर्छन् । यो आरोप लाग्नुमा उद्योगीहरुबीच एकता नहुनुलाई मुख्य कारण मान्छन् उनी ।

‘हामी उद्योगीहरुबीच पनि एकता देखिएको छैन, जसको कारण कार्टेलिङ गरे भन्ने आरोप खेप्नुपरेको छ’ उनी भन्छन्, ‘हाम्रो बजारमा उठ्न बाँकी बक्यौता नै धेरै छ, डण्डीको भाउमा एकरुपता कायम गर्ने, नगदमा मात्र कारोबार गर्ने, उधारोमा माल नबेच्ने जस्ता कुरामा सहमत हामी सहमत हुने सकेको हाम्रो पैसा पनि उठ्ने थियो । अब अहिले उद्योगीहरु नै चारत तिर फर्केको अवस्थामा मिलेर कार्टेलिङ गरे भन्नु सतप्रतिशत गलत छ ।’ 

अहिले नेपालमा डण्डी उद्योगहरुको संख्या २८ छ । यी उद्योगसँग वार्षिक ३० लाख टन डण्डी उत्पादन गर्ने क्षमता छ । तर, बजारको माग भने वार्षिक १४ लाख टनको हाराहारीमा मात्रै छ । 

अझ अहिले कोरोनाका कारण उद्योगहरुले आफ्नो क्षमताको ३० देखि ३५ प्रतिशत क्षमतामा मात्रै उत्पादन गर्दै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved