कमलपोखरी अतिक्रमण गरी बनाईएका पक्की संरचनामा महानगरले चलायो डोजर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2021 | 11:27:15 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले कमलपोखरी क्षेत्र अतिक्रमण गरी ठड्याईएका भवनमा डोजर चलाएको छ । कमलपोखरी विस्तार योजनाअनुसार महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग भवन महानगरपालिकाले डोजर लगाएर भत्काएको छहो ।

प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार आइतबार साँझ महानगरपालिकाले डोजर लगाएर कमलपोखरीको गुरुयोजना अनुसार पुनर्निर्माण लागि पक्की संरचना भत्काईएको हो । 

‘पोखरी क्षेत्रभित्रै रहेको महानगरीय प्रहरी वृत्तको भवन पनि हामीले भत्कायौँ, यो हाम्रो गुरुयोजना अनुसार नै गरिएको हो’ प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने, ‘भवनहरु भत्काएर व्यवस्थापन गरेपछि अब चारैतिर कुनामा काठको कलात्मक मण्डप बनाउँछौँ ।’

बजारमा चर्चा गरेजस्तो पोखरी निर्माणमा कंक्रिट प्रयोग गर्ने कुनै योजना नरहेको महानगरले बताउँदै आएको छ । विघटित प्रतिनिधिसभाका सदस्य गगन थापाले कमलपोखरी पुननिर्माणका विषयमा अनावश्यक बखेडा झिकेको भन्दै महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणबारे पोखरी क्षेत्रमै पत्रकार सम्मेलन गरिर निर्माणको मोडालिटीबारे जानकारी गराईने बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved